दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी

रातोघर

 २०७६ भाद्र २, सोमबार  मा प्रकाशित
३७४ पाठक संख्या


काठमाडौं ।

औषधि बिक्रेताहरुले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु विक्रीवितरण गर्ने गरेको पाइएको छ ।

औषधि ऐन,२०३५ को दफा १० मा औषधि बिक्री–वितरण गर्न व्यवसायीले विभागसँग अनुमति लिनुपर्ने व्यवस्था छ । तर कतिपय औषधि व्यवसायीहरुले विभागमा दर्ता नगराएका औषधिहरु बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

विभागले गर्ने अनुगमनको क्रममा दर्ता नै नभएका औषधिहरु बिक्री भइरहेको पाइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।  विभागले थोक तथा खुद्रा बिक्रेताले विभागमा दर्ता भएका औषधि मात्र बिक्री वितरण गर्न सार्वजनिक सूचना समेत जारी गरेको छ ।

विभागसँग अनुमति नलिइ दर्ता नभएका औषधि बिक्री भएको पाइएमा औषधिहरु जफत गरी औषधि पसलको दर्ता प्रमाणपत्र नै खारेज गरी कारवाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

औषधि व्यवस्था विभागको सुचना यस्तो छ

khabarhub.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban