नेपाल–भारत संयुक्त आयोगको बैठक आज

रातोघर

 २०७६ भाद्र ४, बुधबार  मा प्रकाशित
३५७ पाठक संख्या


नेपाल–भारत संयुक्त आयोगकोृ बैठक आजदेखि सुरु हुँदैछ । सो बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर आजै काठमाडौं आउँदैछन् ।

संयुक्त आयोगको बैठकमा शान्ति, सुरक्षा र सीमा, कनेक्टिभिटी र सहयोग, व्यापार र पारवहन, उर्जा र जलस्रोत, कला, संस्कृति र शिक्षासम्बन्धि विषयमा छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

 

बैठक आज र भोलि काठमाडौंमा हुनेछ । सो बैठकमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा समेत छलफल हुने बताइएको छ ।

भारतले सो प्रतिवेदन तयार भएको एक वर्ष पुगिसक्दा पनि लिन मानेको छैन । सो प्रतिवेदनमा विगतमा दुई देशबीच भएका सन्धी सम्झौता पुनरावलोकन गर्न सुझाव दिइएको छ ।

 

नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्र, रक्षा, उर्जा मन्त्रालयका प्रतिनिधिसहित ३५ जना सहभागी हुने छन् । भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् ।
shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban