

काठमाडौं- देशभरका अधिकांश स्वास्थ्य संस्था न्यूनतम मापदण्डविहीन रहेको पाइएको छ ।
देशभर रहेका अधिकांश जिल्ला अस्पताल, स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालहरूले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नल्याउँदा पनि उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन । सरकार मातहत रहेका १६ वटै अस्पतालले फार्मेसी, इमर्जेन्सी, ओपीडी, जनरल वार्ड, सीसीयू, आईसीयू, एक्सटेन्डेड हस्पिटल, फोहरमैला व्यवस्थापनलगायतका सेवा दिने क्रममा न्यूनतम मापदण्डसमेत पूरा नगरेको संसदीय समितिले ठहर गरेको थियो ।
गत वैशाखमा त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, नेपाल सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, मानवअंग प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताललगायतलाई फोहोरमैला व्यवस्थापनको कार्ययोजना पेस गर्न समितिले आग्रह गरेको थियो ।
khabarhub.com





Write your Comment