पत्रकार हमाललाई अदालत पेश गर्न सर्वोच्चको आदेश

रातोघर

 २०७६ भाद्र २१, शनिबार  मा प्रकाशित
२९२ पाठक संख्या


काठमाडौं।

जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

जनपत्रकार संगठनकी सदस्य समेत रहेकी हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई पक्राउको कारण र बन्दीसहित सोमबार अदालत पेश गर्न आदेश दिएको हो ।

समाचार संकलन गर्न गएका बेला कास्कीको सिसुवामा भदौं ६ गते हमाल पक्राउ परेका थिए । हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै दायर भएको बन्दी प्रत्येक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेर दुर्व्यवहार सम्बन्धी मुद्दा चलाएको थियो ।

दोस्रोपटक गिरफ्तार गरेपछि जनपत्रकार संगठनकी सदस्य रहेकी हमालकी श्रीमती मोनिका गुरूङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban