प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइयो

रातोघर

 २०७६ मंसिर ११, बुधबार  मा प्रकाशित
२०१ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । आज बुधबार बिहान उनलाई भेन्टिलेटरबाट समेत हटाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले हिजोको भन्दा आज स्वास्थ्यमा सुधार आएको र एनेस्थेसिया दिदादेखि राखिएको भेन्टिलेटर आज बिहान हटाइएको बताए ।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने भएको छ । संक्रमणको जोखिम कायमै रहको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस पेटभित्रै फुटेका कारण संक्रमणको जोखिम भएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा हिजो प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ बजे मनमोहन अस्पताल लगिएको थियो ।

Rajdhanidaily.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban