बलात्कार आरोपी बाबालाई एम्बुलेन्समा हालेर प्रहरी चौकीमा

रातोघर

 २०७६ मंसिर १६, सोमबार  मा प्रकाशित
३९१ पाठक संख्या


इटहरी, आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा उर्फ कृष्णदास गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । जिप्रका सुनसरीका प्रबक्ता बिनोद शर्माको नेतृत्वमा बिराट नर्सिङ होमबाट उनलाई आज बिहानै ५ बजे ल्याईएको छ ।

‘हामीले हिजो पनि उनलाई अदालतमा हाजिर गराउँनका लागि बिराटनगर गएका थियौँ, शर्माले राजधानीसँग भने, उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले हामीले आज अदालतमा हाजिर गराउँनेछौँ । उनलाई हिजै अदालतमा हाजिर गराउँने भनिए पनि अचानक श्वासप्रश्वास बढेकाले आईसियुमा भर्ना गरिएको थियो । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने शर्माले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban