

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सव २०७६ मा आज नेपालकी चर्चित गायका कमल के. क्षेत्रीले आफ्नो प्रस्तुती देखाउने भएका छन् । एस फाउण्डेशन अफ नेपालको आयोजनामा औराहामा भईरहेको महोत्सवको चौथो दिन गायक खत्रीले आज आफ्नो प्रस्तुती देखाउने भएका हुन् ।
मंसिर १९ गतेदेखि शुरु भएको महोत्सवमा हिजो गायिका ज्योति मगर, हास्यकलाकार गणेश के.सी लगायतले आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवमा एक सयभन्दा बढि स्टल राखिएको छ । द लिड इन्टरटेन्टमेन्ट एण्ड एडभरटाईजि¨ संगको सहकार्यमा भईरहेको महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय मुख्य सहयोगी संस्थाको रुपमा रहेको छ ।
महोत्सवमा आज ढाकाराम पौडेल,दीक्षा सुनार,गणेश के.सी स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाउने कलाकार संयोजक विकास पाण्डेले जानकारी दिनुभयो । महोत्सव २९ गतेसम्म चल्नेछ ।





Write your Comment