

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सव २०७६ मा आज नेपालका चर्चित गायक रमेशराज भट्टराइले आफ्नो प्रस्तुती देखाउने भएका छन् । एस फाउण्डेशन अफ नेपालको आयोजनामा औराहामा भईरहेको महोत्सवको अन्तिम दिन आज गायक भट्राईले आफ्नो प्रस्तुती देखाउने भएका हुन् ।
मंसिर १९ गतेदेखि शुरु भएको महोत्सवमा आज सकिदैछ । महोत्सवमा हिजो गायक दुर्गेस थापाले आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवमा एक सयभन्दा बढि स्टल राखिएको छ ।
द लिड इन्टरटेन्टमेन्ट एण्ड एडभरटाईजि¨ संगको सहकार्यमा भईरहेको महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय मुख्य सहयोगी संस्थाको रुपमा रहेको छ





Write your Comment