यातायात व्यवसायमा भ्याट : ‘अब्यवाहारिक र अमान्य

रातोघर

 २०७६ पौष २, बुधबार  मा प्रकाशित
३९३ पाठक संख्या


सिमरा : ढुवानी भाडामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नहुँदा यातायात व्यवसायीहरुले सामान लोड गरेका छैनन् ।

सरकारले पौष १ गते देखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि यातायात व्यवसायीहरुले ढुवानी गर्ने सामान लोड नगरेका हुन ।

चालु आर्थिक वर्षको बजेट मार्फत नै सरकारले ऐन संशोधन गरी साना ठूला सवै प्रकारका ढुवानी सेवामा भ्याट लगाउने निर्णय गरेको थियो ।

पथलैया बीरगञ्ज औद्योगिक करिडोरबाट करिव ७०० का संख्या लोड हुने सवारी आज १०० को हाराहारीमा मात्र लोड भएको ढुवानी व्यवसायी हरी अधिकारीले जानकारी दिए । उनले भने ‘भ्याट वा पान नभएका व्यवसायीहरुलाई भाडा भुक्तानी नगर्नु भन्ने सरकारका निर्देशन अनुसार यस्ता सवारी लोडमा नआएका हुन’ अधिकारीका अनुसार ‘व्यवसायीहरु हामी कर तिर्छौ, तर सरकारले सहजीकरण गरिदिनु पर्यो भन्ने उनीहरुको माग हो’ ।

स्वतन्त्र चालक समाज नेपालका अध्यक्ष एवं यातयात व्यवसायी बसन्त शर्माले भने महासंघले भ्याटमा जाने प्रकियामा साना व्यवसायीलाई जानकारी नगराएकाले साना एवं स्वारोजगार व्यवसायी मारमा परेको बताए । ‘ढुवानी भाडामा भ्याट लगाउँदा ठूला व्यवसायीलाई त फरक नपर्ला तर हामीजस्ता एउटा दुईवटा गाडी सञ्चालन गर्ने व्यवसायीलाई त मार पर्छ शर्माले भने । स्वरोजगार यातायात व्यवसायी अधिकांश लेखपढ गर्न नजान्ने, बील भौचरको बारेमा जानकारी नहुने हुँदा भ्याट बिल कसरी काट्ने तथा सडकमा भएका फुटकर खर्चको हिसाव कसरी राख्ने जस्ता कारणले यस्ता व्यवसायीलाई झन कठिन हुन्छ ।

नेपाल चामल दाल तेल उद्योग संघका राष्ट्रिय अध्यक्ष एवं बीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष सुवोध गुप्ताले भने संस्थागत भएका व्यवसायीहरुलाई करको दायरामा ल्याउनु ठिकै हो, तर साना तथा स्वरोजगार व्यवसायीहरुका हकमा भ्याट एवं पान अनिवार्य गर्ने कार्य ठिक नभएको बताए ।

यातायात व्यवसायी अघोषित आन्दोलित भएपछि गुप्ता नेतृत्वको टोलिले अर्थमन्त्रीसँग भेटवार्ता गरेको छ । वार्ताका क्रममा अर्थमन्त्री युवराज खतिवडाले मध्यमार्गी विकल्प ल्याएर समस्याको समाधान गर्न आफु तत्पर रहेको भन्दै केही दिनमै समस्या हल हुने आश्वासन आफुहरुले पाएको गुप्ताले बताए । ‘मध्यमार्गी विकल्प खोजेर कुनै न कुनै माध्यमबाट हामी सेफ ल्याण्डिग गर्छौ’ अर्थमन्त्रीले वार्ताका क्रममा आफुहरुलाई बताएको गुप्ताले भने ।

हाल देश भर २४ वटा मालवहाक यातायात व्यवसायी संघ रहेका छन् भने ति संघमा करिव ६५ हजारको हाराहारीमा यातायात व्यवसायीहरु दर्ता रहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban