एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

रातोघर

 २०७६ पौष ८, मंगलबार  मा प्रकाशित
५९७ पाठक संख्या


सुनसरी

 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो ।

ठक्करबाट एम्बुलेन्स चालकसहित चार घाइते भएका र घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबरहब

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban