

निजगढ :
नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भमा बाराको निजगढ नगरपालिकाले बुधबार ‘राईड टु निजगढ’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
निजगढ नगर भित्रका पर्यटकिय गन्तव्यहरुलाई चिनाउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजन ागर्न लागिएको आज निजगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
कार्यक्रम अन्तर्गत द्रूतमार्गको प्रस्थान विन्दुबाट साईकल, मोटरसाईकल र चार पाङ्ग्रे सवारी समेतले निजगढका बिभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने आयोजक भ्रमण वर्ष शुभारम्भ मुल समारोह समिती निजगढले जनाएको छ । जिल्ला र वाहिरी जिल्लाबाट समेत गरि करिव तीन सय सवारीले निजगढ यात्रा गर्ने आयोजकको दाबी छ ।
पत्रकार सम्मेलनमा बोल्दै निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले निजगढ भित्रका पर्यटकिय गन्तव्यको पहिचान र त्यहाँसम्म पुग्ने मार्गका बारेमा जानकारी दिने उद्देश्यले ‘राईड टु निजगढ’ कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
निजगढमा रहेका स्थानीय संघसंस्थाहरुको सहयोग र निजगढ नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
Barakhabar.com





Write your Comment