एस फाउण्डेशनलको अर्को प्रयास, जनता मा.वि.को छात्र बृद्धि कोषमा बार्षिक रु.२० हजार दिने

रातोघर

 २०७६ पौष १७, बिहिबार  मा प्रकाशित
५७७ पाठक संख्या


जनता मा.वि रजघट्टाको ३४ औं विद्यालय बार्षिक उत्सव विहिवार सम्पन्न भएको छ । ३४ औं विद्यालय बार्षिक उत्सवको अवसरमा विद्यालयले सञ्चालन गरेको छात्र बृद्धि कोषमा एस फाउण्डेशन अफ नेपाल बाराले बार्षिक रु.२० हजारको दरले हरेक बर्ष छात्र बृद्धि दिने भएको छ । सो रकममा करिब १२ जना विद्यार्थीले निशुल्क पठन पाउने विद्यालयले जनाएको छ ।

बार्षिक उत्सव कार्यक्रममा संस्थाका अध्यक्ष बेद भट्टले विद्यालयलाई चेक हस्तान्तरण गरेको थियो । विद्यालयमा अध्यन गरेका पुर्व विद्यार्थीहरुले ब्यक्तिगत संस्थागत रुपमा छात्र बृद्धि कोषमा सहयोग गरि रहेको विद्यालयले जनाएको छ । एस फाउण्डेशन जनता मा.वि. बाट २०६३ सालमा एस.एल.सि. दिने पुर्व विद्यार्थीहरुले सञ्चालन गरेको सामाजिक संस्था हो ।

एस फाउण्डेशन नेपालले बार्षिक रुपमा बारा महोत्सवको कार्यक्रम समेत गर्दै आएको छ भने हालै कपडा बैंक कार्यक्रम समेत सञ्चालन गरेको छ । कपडा बैंकमा संकलन गएको ७ सय थान कपडा पहिलो चरणमा यहि पौष १५ गते जीतपुरसिमरा–११ को खेस्रोलको मुसहर बस्तिमा पुगेर कपडा वितरण गरेको थियो । दोस्रो चरणको लागि कपडा संकलनभैं रहेको एस फाउण्डेशनका उपाध्यष रोशन ढकालले जानकारी दिए ।

palkhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban