

हेटौंडा,
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा खुशी जीवन नेपाल नामक संस्थाले सचेतनामुलक सडक नाटकका कार्यक्रमहरु गरेको छ ।
खुशी जीवन नेपाल संस्थाले सामाजिक सचेतनामुलुक सडक नाटकका कार्यक्रम गरि बालश्रम,बालविवाह ,घरेलु हिंसा लैङ्लिक हिंसा , लागुपदार्थ दुर्व्यासन नियन्त्रण ,पानी बचाउ ,ट्राफिक नियम पालना गरौं जस्ता विषय वस्तु लाई जनमानसको सामु प्रस्तुत गर्दै गरिब असहाय तथा विपन्न वर्ग का विद्याथीहरु लाई न्यानो कपडा र कापिकलम सहयोग को कार्य गरेको संस्थाका अध्यक्ष महेन्द्र बिश्वकर्माले जानकारी दिए ।

संस्थाको यस सामाजिक सचेतनामुलुक कार्यमा संस्थाकी उपाध्यक्ष सुनिता गहतराज , सदस्य कलाकार संगीता उप्रेती ,अनिता धिताल ,यमुना धिताल ,आरव र्यापर ,अन्जान खडका लगाएत सम्पुर्ण टिमको योगदान रहेको बताईएको छ ।





Write your Comment