

हेटौंडाः
पश्चिम मकवानपुरको मनहरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मनहरी ३ मेलडाँडा बस्ने अन्दाजी ७० वर्षीया वृद्धा मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ। प्रहरीका अनुसार मनहरी ३ पर्सा वन्यजन्तु आरक्ष क्षेत्रको जंगलमा आमा छोरी घाँस काट्न जाँदै गर्दा बाटोमा जंगली हात्तीले लखेटेर बृद्धा थापाको ज्यान गएको हो।
थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
थाहा खबर





Write your Comment