करेन्ट लागेर बारामा एकको मृत्यु

रातोघर

 २०७६ पौष २९, मंगलबार  मा प्रकाशित
३३१ पाठक संख्या


सिमरा :

बारामा मोटरबाट पानी तान्‍ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ८ कोतवाली टोल बस्‍ने दुखा साह कानुको ज्यान गएको हो ।

मंगलबार बिहान आफ्नै बारीमा मोटरबाट पानी तान्ने क्रममा कानुको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृतकको शवलाई पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

Barakhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban