

४ पुस, काठमाडौं ।
लगानी बोर्ड नेपालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्ताव माग गरेको छ । बोर्डले यो विमानस्थल निर्माणका लागि स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल एजीलाई सर्ट लिस्टमा राख्दै सार्वजनिक रुपमा प्रस्ताव माग गरेको हो ।
सार्वजनिक निजी साझेदारी मोडलमा यो परियोजना अघि बढाउन विकासकर्ता कम्पनी छनोट गर्न लागेको हो । विमानस्थको विकास र सञ्चालनका लागि प्रस्ताव गर्ने कम्पनीमा स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट, ईन्टरनेशनल छनोट भएको बोर्डले जनाएको छ ।
कम्पनीलाई फागुन १८ गतेसम्म तोकिएको ढाँचा अनुरुप प्रस्ताव पेश गर्न भन्दै बोर्डले शुक्रबार सूचना प्रकाशित गरेको छ । यो प्रस्तावमा बोर्डले फागुन ४ गते छलफल गर्नेछ ।
अदालतले अन्तिरिम आदेशमार्फत विमानस्थल निर्माण्को लागि रुख कटान नगर्न भनेको छ । तर, बोर्डले भने विकासकर्ता कम्पनी छानेटको प्रक्रिया अघि बढाएको छ ।
जुरिचले विमानस्थलको निर्माण, विकास र सञ्चालनबारे आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नेछ । सो प्रस्ताव उपयुक्त भएमा बोर्डले विमानस्थलको जिम्मा उसैलाई दिनेछ ।





Write your Comment