नहरमा डुबेर ३ बर्षीया बालिकाको मृत्यु

रातोघर

 २०७६ माघ १३, सोमबार  मा प्रकाशित
२३० पाठक संख्या


बैतडी । बैतडीको पुरचौडीमा नहरमा डुबेर १बालिकाको मृत्यु भएकोछ । पुरचौडी नगरपालिका वडा न. ६ मानाकोटका स्थानिय इश्वरराज पन्तकी ३ बर्षीया छोरी लक्ष्मी पन्तको आज बिहान ११बजे नहरमा डुबेर मृत्यु भएको हो ।

लघुजलबिद्युत आयोजनाको नहरमा डुबेर उनको मृत्यु भएको मृतकका काका हेमराज पन्तले बताए । घरको आगनबाटै नहर लगिएकाले बेलाबेलामा घटनाहरु भैरहने गरेको उनले बताए । यसअघि पशुपंछीहरु डुब्ने तथा बाबालिकाहरु डुबेर घाइते भएको भएपनि अहिले भने बालिकाको मृत्यु नै भएको उनले बताए ।

उक्त नहरमा ढकन लगाइदिन पटक–पटक सरोकारवालाहरुसंग माग गरेपनि कुनै सुनुवाई नभएको पन्तले बताए । अझैपनि उक्त नहरका जोखिमयुक्त ठाउँमा ढकनको ब्यवस्था गरिदिन बिद्युत प्राधिकरण तथा स्थानियतह समक्ष उनले माग गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban