

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा आजदेखि श्रीमद््भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञ सुरु भएको छ । गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिको आयोजनामा सिमरास्थित सम्झौटा टोलमा आजदेखि महायज्ञ सुरु भएको हो ।
महायज्ञको बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बहादुर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिश्वकर्माले महायज्ञ सफल्ताको कामना गर्नुभयो । महायज्ञ सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशसभा सदस्य बिश्वकर्माले सबैलाई सहयोगको निम्ति अपिलसमेत गर्नुभयो । सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शोभा लामाले पर्यटन प्रवद्र्धन गर्न आयोजित महायज्ञलाई सबैले सफल बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ्ग, जीतपुरसिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती देवी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक ब श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरे लगायतका जनप्रतिनिधि एवं बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमअघि महायज्ञ स्थलबाट निकालिएको कलश यात्राले सिमरा बजार परिक्रमा गरेको थियो ।
गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरको प्राङ्गणमा हुने महायज्ञ माघ २२ गतेसम्म चल्नेछ । महायज्ञमा युवा पण्डित सुदर्शन चालिसेले कथा वाचन गर्नुहुनेछ । मन्दिर आसपासको क्ष्ँेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।
महायज्ञमा प्रत्यक दिन पुजन हवन पाठपारायण, कथा वाचन, महात्म्य कथा, भजन कीर्तन, झाकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । ब्रतबन्ध, मञ्चमीब्रत, तुलादान, अन्नदान समेत गर्न सकिने महायज्ञमा २१ गते तिलार्चन तथा लाखबत्ती प्रज्वलन तथा माघ २२ गते पुर्णहुती तथा यज्ञ विसर्जन गरिने जनाईएको छ ।





Write your Comment