निजगढ विमानस्थलको मध्यभागस्थित टाँगिया बस्ती सार्न तीन स्थान छनोट

रातोघर

 २०७६ फागुन २३, शुक्रबार  मा प्रकाशित
६१९ पाठक संख्या


 

1.

२ खर्बको आयोजनालाई सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्ने इच्छा देखाएको जुरिचले भन्यो– रूख काट्ने सन्दर्भमा सर्वोच्चको फैसला कुराैं

2.

१४ सय घरधुरी रहेको सुकुम्बासी सार्न बाराको कोहल्बी नगरपालिकाको जडीबुटी क्षेत्रस्थित २ सय बिघा, कोहल्बीकै निजगढ जंगलभित्रै पर्ने दक्षिणतर्फको पानीट्यांकीस्थित २ सय बिघा र जितपुर–सिमरा नगरपालिकाभित्र पर्ने जंगलछेउको २ सय बिघा छनोट गरिएको छ

     3.

टाँगिया बस्ती सारेपछि विमानस्थल निर्माण            हुने क्षेत्रको ६ सय ५० हेक्टर खाली हुनेछ, व        विमानस्थलका लागि आवश्यक १९ सय हेक्टरमध्ये         १३ सय हेक्टर पहिल्यैदेखि खाली नै हो

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने स्थानमा पर्ने १ हजार ४ सय घरधुरी रहेको टाँगिया बस्ती सार्ने वैकल्पिक ठाउँको छनोट भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र भूमि व्यवस्था कार्यालय बाराको पहलमा टाँगिया बस्तीको ६ सय ५० हेक्टर सरकारी जमिनमा बसेका स्थानीय बासिन्दालाई सार्ने स्थानको छनोट भएको हो ।
प्राधिकरणका अनुसार बाराको कोहल्बी नगरपालिकाको जडीबुटी क्षेत्रमा रहेको २ सय बिघा, कोहल्बीकै निजगढ जंगलभित्रै पर्ने पानीट्यांकी भन्ने खुला स्थानको २ सय बिघा र जितपुर–सिमरा नगरपालिकाभित्र पर्ने निजगढकै जंगलछेउको दक्षिणतर्फको २ सय बिघालाई छनोट गरिएको छ । ती स्थानमा स्थानमा बस्ती स्थानान्तरण गर्न स्थानीय तहले समेत सहमति दिएका छन् ।
‘तीन क्षेत्रको विषयमा विगतदेखि अध्ययन गरिएको र यसपटक भूमिव्यवस्था कार्यालयकै नेतृत्वमा सहमति गरिएको हो,’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विजय यादवले भने । कसरी र कति जग्गा वितरण गर्ने भन्ने विषय भने अध्ययनपछि मात्रै निष्कर्ष निकालिने यादवले जानकारी दिए । टाँगिया बस्तीमा १४ सय घरधुरीमा ७ हजारभन्दा बढी जनसंख्या छ ।
यता, काटगाउँमा रहेको ६ सय ५० हेक्टरमध्ये सरकारले ४ सय ८० हेक्टरको मुआब्जा वितरण गरिसकेको छ । मुआब्जा पाएका बासिन्दा अन्यत्र सर्ने तरखरमा छन् ।विमानस्थल निर्माण हुने १९ सय हेक्टर जमिनमध्ये १३ सय १० हेक्टरको भूभाग खाली छ । टाँगिया बस्तीमै विमानस्थलको मुख्य भवन निर्माण गर्नुपर्ने भएकाले त्यहाँका बासिन्दालाई छिटोभन्दा छिटो स्थानान्तरण गर्नुपर्ने देखिएको हो ।
त्यहाँ दुईवटा धावनमार्ग, टर्मिनल भवन, फायर फाइटिङ भवन, आयल निगमका लागि जग्गा, एटिसी टावर, दर्जनौँ एयरलाइन्सलाई ह्यांगर, एटिसी अफिसको भवन, अध्यागमन भवन, कार्गो भवनलगायतका संरचना निर्माण हुनेछन् ।
विमानस्थलले पसाह खोलादेखि दक्षिणतर्फ कोल्हबीसम्म ६ दशमलव ३ किलोमिटर, बकैया खोलादेखि कोल्हबी दक्षिणतर्फ ८ दशमलव ६ किलोमिटर, पसाह खोलादेखि बकैया खोलासम्मको पूर्व–पश्चिम राजमार्गतर्फ १० किलोमिटर र दक्षिणतर्फ रहेको कोल्हबीतर्फको पसाह र बकैया खोलासम्म १३ दशमलव ९ किलोमिटर जमिन चर्चिनेछ । विमानस्थलले ८० वर्गकिलोमिटर ओगट्नेछ ।
पहिलो चरणमा एउटा मात्रै धावनमार्ग तयार पारिनेछ । यसको लम्बाइ ४ हजार मिटर र चौडाइ ६० मिटरको हुनेछ । ट्याक्सी वे २ हजार ५० मिटर र चौडाइ ५० मिटरको हुनेछ । धावनमार्गको समानान्तर ट्याक्सी वे ४ हजार मिटर लम्बाइ र ५० मिटर चौडाइको हुनेछ ।
जुरिचले भन्यो–सर्वोच्चको फैसलासम्म कुराैं
लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना निर्माण गर्न जुरिच इन्टरनेसनल एयरपोर्ट लिमिटेडसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेको म्याद २० गते सकिएको छ । तर, जुरिचले लगानी बोर्डलाई सर्वोच्चको फैसलासम्म कुर्न आग्रह गरेको छ । ‘जुरिचले आरएफपी (रिक्वेस्ट फर प्रपोजल)का लागि सर्वोच्चको फैसला कुरौँ भनेको छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘त्यसैले निर्णय गरिसकेका छैनौँ ।’
परियोजना निर्माणमा इच्छा देखाएका ७ अन्तर्राष्ट्रिय कम्पनीमध्ये स्विट्जरल्यान्डको जुरिच एयरपोर्टसहित दक्षिण अफ्रिाकालगायतका देशमा विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको जुरिच बोर्डको सर्ट लिस्ट परेको छ । जुरिचले सार्वजनिक–निजी साझेदारी मोडलमा विमानस्थल निर्माण गर्न इच्छा देखाउँदै बोर्डले आह्वान गरेको प्रस्ताव पेस गरेको थियो । त्यसपछि जुरिचसँग बोर्डले विमानस्थल निर्माणका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेको थियो । सर्वोच्च अदालतले रूख कटानको विषयमा अन्तरिम आदेश जारी गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा रहेको मूल्यांकन समितिले जुरिचसँग विमानस्थल निर्माणका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्न रिक्वेस्ट फर प्रपोजलको मस्यौदा माग गरेको थियो । ‘जुरिचले आरएफपी बुझाएन र निर्माण नगर्ने भन्यो भने पनि सरकार आफैँले निर्माण गर्छ,’ पर्यटनमन्त्री योगेश
भट्टराईले भने ।
निजगढ विमानस्थलबारे सर्वोच्चमा बहस जारी
निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रूख कटान गर्न मिल्ने–नमिल्ने भन्नेबारे बिहीबारबाट सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । बिहीबार पाँचजना वकिलले बहस गरेका थिए । यसअघि रूख कटान नगर्न भन्दै सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाइसकेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संयुक्त इजलासले पूर्ण इजलासबाट सुनुवाइ गर्न आदेश दिएपछि अहिले यो मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सुनुवाइ गरिरहेको छ । बृहत् पूर्ण इजलासमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा रहेका छन् ।
विमानस्थल निर्माणका लागि रूख कटान गर्न लागिएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतको एउटा रिट र पूर्वप्रशासक रञ्जहजुर पाँडे क्षत्रीसहितले दायर गरेको रिटको सुनुवाइ एकै इजलासमा चलिरहेको छ । वरिष्ठ अधिवक्ता शर्माको रिटमा २०७१ फागुन २९ गते मन्त्रिपरिषद्ले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनी गरेको निर्णय खारेजीको माग गरिएको थियो
नयाँ पत्रीका बाट

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban