हतार गरेर विद्यालय र पसलहरू खोल्दा कोरोनाभाइरस फर्किने सम्भावना रहेको चेतावनी

रातोघर

 २०७६ चैत्र १३, बिहिबार  मा प्रकाशित
५२३ पाठक संख्या


विश्व स्वास्थ्य संगठनले हतार गरेर विद्यालय तथा पसलहरू खोल्दा कोरोनाभाइरस फेरि आएर चर्किने सम्भावना रहेको चेतावनी दिएको छ ।

‘विभिन्न देशहरूले बन्दाबन्दी र यात्रा प्रतिबन्धलाई खुकुलो बनाउनका लागि आकलन गरिरहेको हामीले थाहा पाएका छौं । तर देशहरूले बन्दाबन्दीका बेलामा कस्तो स्वास्थ्य उपाय अपनाउँछन् भन्नेमा यसको उत्तर लुकेको छ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेसुसले बताए ।

उनले भने, ‘मानिसहरूलाई घरैमा बस्न भनेर अनि बाहिर निस्कन नदिएर स्वास्थ्य सेवामा दबाब कम गर्न खोजिएको छ । तर यी उपायले मात्र महामारीलाई अन्त्य गर्न सकिन्न ।’

‘अहिलेका उपायहरू संक्रमण रोक्नका लागि सबभन्दा प्रभावकारी छन् र यसलाई जारी राखेमा बल्ल नियन्त्रण हटाएपछि कोरोनाभाइरस फर्किंदैन । तर कुनै सरकारले विद्यालय र पसल खोलेपछि कोरोनाभाइरस फर्केर आयो भने बन्द गर्नुको विकल्प हुँदैन,’ उनले भने ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban