लकडाउन पुनः १ साता थपिँदै

रातोघर

 २०७६ चैत्र १५, शनिबार  मा प्रकाशित
६६७ पाठक संख्या


काठमाडौ ,

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने जनाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ ।

लकडाउन बढ्नसक्ने भन्दै ७७ वटै जिल्लाका सुरक्षा निकाय र प्रशासनलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिइसकेको छ ।

उपत्यकाबाट गाउँ फर्कन चाहनेका लागि एक दिन सवारी खोल्ने कि सरकारले नै त्यस्ता व्यक्तिलाई सम्बन्धित ठाउँमा पुर्‍याउने भन्ने विषयमा समेत छलफल चलिरहेको एक मन्त्रीले शिलापत्रलाई जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय र अस्पतालहरूले दिने सुझावका आधारमा थप रणनीति बनाउने तयारीमा रहेको सरकारले लकडाउन मात्रै नियन्त्रणको प्रभावकारी उपाय भएको ठहरसमेत गरेको ती मन्त्रीको भनाइ छ ।

उनले सामाजिक दूरी कायम नगरेसम्म उपचार र अन्य सतर्कताले मात्र काम नहुने भन्दै थप १ साता लकडाउन थप्ने तयारी भइरहेको बताए ।

सरकारले १८ चैतको बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको छ । ती मन्त्रीका अनुसार भोलि या पर्सि लकडाउन थप गर्ने औपचारिक निर्णय हुनेछ ।

लकडाउन अघि अत्यावश्यक खाद्य सामग्रीको ढुवानी र गन्तव्यमा पुग्न नसकी अड्किएका जनताको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यतिबेला छलफल चलिरहेको ती मन्त्रीको भनाइ छ ।

हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन थप भइरहने उनको भनाइ छ ।

Shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban