नेपालगञ्ज विमानस्थलमा औषधि बोकेको विमान दुर्घटना, विमानमा सवार सबै सुरक्षित

रातोघर

 २०७६ चैत्र १५, शनिबार  मा प्रकाशित
६८६ पाठक संख्या


१५ चैत्र २०७६, काठमाडौं :

नेपाल वायुसेवा निगमको विमान नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । काठमाडौंवाट औषधि र अत्यावश्यक सामाग्री बोकेर गएको वाइ ट्युवेल इ विमान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लेर दुर्घटना भएको हो ।

विमान धावनमार्गबाट चिप्लेर घाँसेमैदानमा पुगेको छ । दुर्घटनावाट विमानमा पुगेको क्षतिको पुर्ण विवरण आउन बाँकी छ । दुर्घटनामा परेका चालक दलका तीन सदस्य र दुई जना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।

विमानले नेपालगञ्जका कोरोना आंशका गरेका विरामीको र्‍यालको नमूना परीक्षणका लागि काठमाडौं ल्याउने योजना थियो । विमान स्वास्थ्य मन्त्रालयले चार्टर गरेर नेपालगञ्ज लगेको हो ।

      AVENUES KHABAR

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban