

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)बाट एकैदिन ३२ हजार संक्रमित थपिएका छन् । वर्लमिटरर्स इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ३२ हजार नयाँ संक्रमित थपिएका हुन् ।
अमेरिकामा सबैभन्दा बढी न्यूयोर्क राज्यमा कोरोनाबाट प्रभावित भएका छन् । सो राज्यमा १ लाख ३ हजार संक्रमितमध्ये ३२ सयले ज्यान गुमाएका छन् ।
यस्तै, न्यूजर्सीमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार पुगेको छ । त्यहाँ करिब साढे ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।
अमेरिकाभरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । शुक्रबार मात्रै त्यहाँ १३ सय २० जनाले ज्यान गुमाए । अमेरिकामा १२ हजार व्यक्ति निको भएर घर फर्किसकेका छन् ।
Shilapatra.com





Write your Comment