कालिकोटमा कोरोना भगाउन भन्दै पशुबली

रातोघर

 २०७६ चैत्र २२, शनिबार  मा प्रकाशित
३४१ पाठक संख्या


विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास भगाउन कालिकोटबासीले पशुबली दिन थालेका छन् ।

कोरोनाको महामारी जिल्लामा नआओस् भन्दै भाकल गर्दै यहाँका स्थानीयले कुलदेवताका मन्दिरमा पशुबली दिन थालेका हुन् ।

शनिबार मात्र कालिकोटको सान्नी त्रिवेणीमा गाउँपालिका–३ लुयाटामा करिब ३ सय मानिस जम्मा भएर कुल देवताको मन्दिरमा पूजा गरिएको स्थानीय नेत्र देवकोटाले बताए ।

‘विध्वंसकारी कोराेना भाइरसको संसारबाट उन्मूलनका लागि हाम्रो कुलदेवता, बाह्रबिसको छत्रपती मस्टोको डाँडामाडु मन्दिरमा सामूहिक आराधना गरियो ।’ उनले फेसबुकमा लेखेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban