धनगढीका संक्रमितको परिवारका ७ जनामा देखिएन कोरोना

रातोघर

 २०७६ चैत्र २३, आईतबार  मा प्रकाशित
३०० पाठक संख्या


 

चैत्र २३, २०७६
धनगढी — दुबईबाट फर्केर आएका धनगढीका कोरोना संक्रमित युवाको परिवारमा कोरोना परीक्षण नेगेटिभ देखिएको छ । यी युवाको परिवारका ८ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंस्थति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

उनकी ३४ वर्षीया भाउजुमा संक्रमण देखिएपछि उनलाई शनिबार नै सेती प्रादेशिक अस्पतालमा ल्याइससकिएको छ ।

युवाकी श्रीमतीसहित ७ जनामा भने कोरोना संक्रमण नदेखिएको अस्पतालले जनाएको छ । ‘उनकी श्रीमतीसहित परिवारका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ,’ अस्पतालका डा. जगदीश जोशीले भने ।

ती युवामा संक्रमण देखिएपछि उनको परिवारलाई नै आइसोलेसनमा राखिएको थियो । डा. जोशीले उनको परिवारको सदश्यमा संक्रमण भएको फेलापरेपछि समुदायमा सर्ने जोखिम भएको भन्दै उनीको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरिरहेको पनि बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban