कोरोनाभाइरसः लकडाउन थप आठ दिन लम्ब्याउने सरकारको निर्णय

रातोघर

 २०७६ चैत्र २४, सोमबार  मा प्रकाशित
२४९ पाठक संख्या


सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै दुई साताअघि देखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे ऊर्जामन्त्री वर्षामान पुनले बीबीसी नेपालीसँग भने, “अझै आठ दिनसम्म लकडाउन थप गर्ने निर्णय भएको छ।”

“राष्ट्रियसभा र प्रतिनिधिसभाको जारी अधिवेशन पनि अब अन्त्य गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।”

दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो।

परीक्षण
एकै दिन तीनजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सरकारले लकडाउनलाई कडा ढङ्गले लागु गर्ने निर्णय गरेको थियो।

यसअघि सरकारले सात/सात दिनको गरी दुई पटक लकडाउनसम्बन्धी निर्णय गरेको थियो।

पछिल्लो निर्णय अनुसार मङ्गलवार राति १२ बजे लकडाउनको अवधि सकिँदैछ।

नेपालमा हालसम्म नौ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा एकजना निको भई घर फर्किसकेका छन् भने बाँकी आठजना उपचाररत छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण दोस्रो चरण पुग्नुको अर्थ
लकडाउन कडा पार्ने, कोरोनाभाइरस परीक्षणमा तीव्रता दिने निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल काठमाण्डू उपत्यकासहित देशका १० स्थानमा परीक्षण भइरहेको छ।

सोमवार अपराह्नसम्म १,६९७ वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, मन्त्रिपरिषद्‌को बैठकले नेपाल राष्ट्र ब्याङ्कको रिक्त गभर्नर पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

उनी हाल राष्ट्रिय लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban