

गोरखाका एक व्यक्तिमा कोरोना र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ।
१ चैतमा बहराइनबाट फर्केका ३१ वर्षीय युवाको आरडीटी रिपोर्ट पोजेटिभ आएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिए ।
आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालका अनुुसार ती युवालाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाबको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।
यसैबीच, फागुनमा दुबईबाट फर्किएका ३१ वर्षीय अर्का एक व्यक्तिको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ तर उनको पनि स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । यी दुवै युवा आरुघाट गाउँपालिका-५ का हुन् ।
Shilapatra.com





Write your Comment