सिमराको नमुना मा.बि.ले शुरु गर्यो अनलाईन शिक्षा

रातोघर

 २०७७ बैशाख ५, शुक्रबार  मा प्रकाशित
६६६ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यामिक बिद्यालयले प्रदेश २ मै पहिलो पटक अनलाईन कक्षाको शुरुवात गरेको छ ।

कोरोना सन्त्रासले लकडाउन अवधी थपिएपछी स्कुल आउन नपाएका बिद्यार्थीका लागी घरमै बसी बसी कक्षा लिने र गृहकार्यका लागी सहजीकरण गर्ने गरी बिद्यालयले अनलाईक कक्षाको शुरुवात गरेको छ ।

बिशेषगरी एसईई तयारी गरिरहेका बिद्यार्थीहरुलाई लक्षित गरी बिद्यालयले लाइभ कक्षा र फेसबुक म्यासेन्जर मार्फत ग्रुप बनाएर कक्षा संचालन भइरहेको बिद्यालयका शिक्षक यादव थापाले जानकारी दिए । त्यसैगरी कक्षा ८ का बिद्यार्थीहरुलाई पनी अनलाईनबाटै कक्षा संचालन र गृहकार्य दिने काम भइरहेको छ ।

बिद्यार्थीहरुलाई बिद्यालयको फेसबुक पेज मार्फत एकिकृत गरी उनीहरुलाई गृहकार्य दिने , प्रश्नहरुबारे बिद्यार्थीका जिज्ञासा मेटाउने र ग्रुप मार्फत अनलाईन कक्षा संचालन गरी बिद्यार्थीलाई परिक्षाको तयारी गराउने उद्येश्यले यो कार्य शुरुवात गरिएको प्रध्यानाध्यापक शंकर कुमार आचार्यले बताए ।

कतिपय अवस्थामा बिद्यार्थीलाई कोरोना भाइरसको संक्रमणका कारण मनमा डर र त्रास पैदा भएकोले यो शिक्षाले उनीहरुको पढाई प्रतिको आत्मबल बलियो हुने पनी आचार्यको बिश्वास छ ।

उनले बिद्यालयले कतिपय अभिभावक र बिद्यार्थीहरुलाई सुचना गरिसकिएको र बाँकी रहेका केही बिद्यार्थीहरुलाई पनी टेलिफोन सम्पर्क गरी सम्पर्कमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban