प्रधानमन्त्रीको दैनिकी : राति १२ बजे सुत्ने, बिहान ६ बजे उठ्ने

रातोघर

 २०७७ बैशाख ७, आईतबार  मा प्रकाशित
२९३ पाठक संख्या


प्रधानमन्त्री केपी शर्मा ओलीले १८ घण्टा काम गर्ने गरेको बताएका छन् । उनले आफ्नो काम गर्ने बानी रहेको भन्दै अहिले पनि दैनिक १८ घण्टा काम गर्ने गरेको बताएका हुन् ।

उनले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा भने, ‘पहिला राति १ बजे सुतेर बिहान ५ बजे उठ्थेँ । अबदेखि १२ बजे सुतेर ६ बजे उठ्न थालेकाे छु ।’

उनले काम गराइबाट जस लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना नरहेको बताए । ‘मलाई जस लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो । अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठीक होइन,’ उनले भने ‘त्यस्ता प्रवृत्तिले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्छ ।’

उनले केही व्यक्तिले व्यक्तिगत कुण्ठा, अन्योल र दिशाहीनताले सदावहार कराउने प्रवृत्ति देखिने बताउँदै त्यसले आफैँलाई असान्दर्भिक बनाउने बताए । ‘तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । मबाट योभन्दा बढी के अपेक्षा गर्ने ? आफैँ बिरामी भएर पनि देशलाई सङ्क्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो,’ उनले भने ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban