बागलुङकी अंशु सापकोटाले जितिन् कोरोना, अस्पतालबाट डिस्चार्ज गरिदै

रातोघर

 २०७७ बैशाख १२, शुक्रबार  मा प्रकाशित
२९३ पाठक संख्या


 

बागलुङ।

बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवति अंशु सापकोटाको कोरोना परीक्षणको छैठौँ रिपोर्ट पनि नेगेटिभ आएको छ ।बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले दिनुभयो ।लगातार दुईपटकसम्म नेगेटिभ रिपोट आएकाले उनी अब घर जान पाउने छिन् ।युवतिको अवस्था सामान्य भए पनि यस अघिको चार वटा स्वाब रिपोर्ट कोरोना संक्रमण भएको पोजेटिभ रिपोर्ट नै आएको थियो । साँझ मात्रै रिपोर्ट आएकाले राती नै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको छ ।

उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गत साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रोगका बाबजुद पनि सहजै कोरोनालाई जितेर फर्किएकी थिइन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban