काठमाडौंबाट फर्काएका यात्रु धादिङ झरे, फेरि भित्रिन खोज्दा नागढुङ्गामा अलपत्र

रातोघर

 २०७७ बैशाख १५, सोमबार  मा प्रकाशित
४०२ पाठक संख्या


विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई न्यूनीकरण गर्नका लागि सरकारले लागू गरेकव लकडाउनलाई उल्लंगन गर्दै विभिन्न जिल्लाबाट काठमाडौं भित्रिन खोज्ने यात्रुलाई नागढुङ्गाबाट फर्काइएको छ ।

गृह मन्त्रालयको परिपत्रपछि विभिन्न जिल्लाबाट उपत्यका छिर्न खोज्ने यात्रुलाई नागढुङ्गा नाकाबाट फर्काइएको हो । उनीहरूलाई गृह जिल्ला नै पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । काठमाडौं भित्र खोज्ने मोरङको विराटनगर महानरपालिकाका बासिन्दा धेरै छन् ।

यद्यपि नागढुङ्गा नाकाबाट फर्काइएका यात्रु धादिङमा उत्रिएर पुनः उपत्यका प्रवेश गर्ने प्रयास गरेका छन् । पुनः काठमाडौं प्रवेश गर्न प्रयास गरेक व्यक्तिलाई प्रहरीले नागढुङ्गामा रोकेको छ । प्रहरीका अनुसार विभिन्न जिल्लाबाट आएका व्यक्तिलाई ७ वटा गाडीमा १६० जनालाई पठाएको थियो । त्यसमध्ये ६०/७० जना फर्किएका हुन् ।

काटमाडौं भित्रिन खोजेका मानिसहरूलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवालीलगायत नागढुङ्गा पुगेका थिए । उनीहरूलाई गाडीको व्यवस्था गरी घर फर्काउने तयारी गरिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी प्रमुख भीम ढकालले बताए ।

‘कुनै पनि जिल्लाबाट आएकालाई प्रवेशमा निषेध गरका छौँ । आज पनि विरानगरलगायत विभिन्न स्थानीय तहबाट आएकालाई त्यहि ठाउँमा फर्काइएको छ’ उनले भने ‘फर्काइका मध्ये धादिङबाट हिँडेर आएका ६५ जनालाई नागढुङ्गामा रोकिएको हो ।’

गृह मन्त्रालयले आजै नै लकडाउनमा कडाइका साथ कार्यान्वयन गर्नको लागि सबै जिल्ला प्रशासन कार्यालययलाई परिपत्र जारी गरेर निर्देशन दिएको थियो । विशेषगरी स्थानीय तहहरूले गाडी पठाएर आफ्ना पालिकाका नागरिक उद्धार गर्ने कार्यमा कन्द्रित देखिएपछि स्थानीय तहले तोक लगाएको भरमा गाडी छुट नदिनका लागि सिडियोलाई गृह मन्त्रालयले निर्देशन जारी गरेको हो ।

‘गाडीलाई पास दिने अधिकार स्थानीय तहको हैन, अत्यावश्‍यक हो भने जिल्ला प्रशासन कार्यालयले पास दिन्छ । हैन भनेले यसरी गाडी चलाउन पाइदैन’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने ।

सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरना भाइरसको फैलावट रोक्नको लागि ९ चैतबाट लकडाउन लगाएको छ । आगामी २५ वैशाखसम्को लागि निरन्तरता दिइएको लकडाउन थप कडाइका साथ कार्यान्वयन गर्न गृह मन्त्रालय भएको हो ।

नेपालीमा संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थामा सरकारले लकडाउन कडाइ गर्दै लैजाने नीति लिएको हो । अहिलेसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban