कारले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु, चालक सेनाका कर्णेल थुनामा

रातोघर

 २०७७ बैशाख २६, शुक्रबार  मा प्रकाशित
२९३ पाठक संख्या


 

काठमाडौं । लकडाउनकै बेला नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सेनाका लेफ्टिनेन्ट कर्णेल शिखर जबराले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु भएको हो ।

लेफ्टिनेन्ट कर्णेल जबराले चलाएको २१च ४३४७ नम्बरको कारले शुक्रबार बिहान रवीभवनमा बा ७२प ८१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । कारको ठक्करबाट मोटरसाइल चालक २३ वर्षीय टीकाराज बोलालको मृत्यु भएको छ । मोरङ बेलबारीका बोलालको नेपाल नेसनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि लेफ्टिनेन्ट कर्णेल जबरा पक्राउ परेका छन् । उनको कार समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Janata samachar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban