काठमाडौंमा १० हजार जनाको कोरोना परीक्षण गरिने, आजबाट सुरु

रातोघर

 २०७७ जेष्ठ १, बिहिबार  मा प्रकाशित
२४८ पाठक संख्या


काठमाडौं । काठमाडौंमा आजबाट कोरोना परीक्षण गरिने भएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी छ ।

आज हामीले कालीमाटीमा रहेका तरकारी व्यापारीको परीक्षण गर्नेछौं,” स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बाह्रखरीसँग भने, “काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरेका छौं ।”

सबैलाई लाइनमा राखेर पहिलो व्यक्तिको पीसीआर परीक्षण हुनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ । चौथो व्यक्तिको फेरि पीसीआर परीक्षण हुनेछ ।

श्रेष्ठका अनुसार कोरोना परीक्षणमा कसैलाई पोजेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गरिनेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban