

काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलमा कोरोना पोजेटिभ देखिएको छ ।
कोभिड १९ कोरोना भाइरस पोजेटिभ देखिएको महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो महिला हुन्।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार गराइएको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। उनको बिहीबार राति मृत्यु भएको हो। ‘उनको सुरुमा आरडिटि पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने। ति अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट ४ बजे स्वास्थय मन्त्रालयले प्रेस सम्मेलन गरेर जानकारी दिइनेछ।





Write your Comment