काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु शव व्यवस्थापन कसरी गर्ने भन्ने चुनौति छ । एक व्यक्तिबाट आर्को व्यक्तिमा सर्ने भएकाले शव व्यवस्थापनमा चुनौति देखिएको हो ।
कसरी गर्ने शव व्यवस्थापन ?
सरकारले शव व्यवस्थापन संक्षिप्त कार्याविधि बनाएको छ । अन्तिम संस्कार गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस भनेर सरकारले कार्याविधि बनाएको हो ।
- शव लिन जानुपूर्व चालकले पीपीई लगाउने
- आफन्तलाई सुरक्षित राख्ने
- जथाभावी सदगत नगर्ने
- घाटमा लैजादा सहभागी सबैले पीपीई लगाउने
- शवलाई कम चलाउने
- साधरण शववाहनको प्रयोग गर्ने
- शवलाई डिस्इन्फेक्ट गर्नु पर्दैन
- शवलाई छिटो अन्तिम संस्कार गर्ने
- ६० वर्ष माथिको व्यक्ति र दीर्घ रोगी भएमा शवको नजिक जानबाट रोक्ने
- सदगत गर्नु अगाडि आफ्नो परम्पार अनुसार नछोइकन जल छर्कने, पाठ गर्ने, फूल चढाउने
- आफन्तले शव हेर्न चाहेमा एक मिटर टाढा बसेर पालै पालैपालो हेर्ने
- कोभिड लागेमा पोस्टमर्टम गर्नुपर्दैन
- फोक्सोमा तथा अन्य अंगमा जिवाणु रहने भएकाले पीपीइ लगाएर होसियार भएर भेन्टीलेलेसन भएको कोठामा गर्ने
- पोस्टमार्टम सकेपछि सबै सफ गर्ने
-Shilapatra
Write your Comment