

मकवानपुरको हेटौँडा अस्पतालका सबै डाक्टर तथा स्वास्थ्यर्कीको रिर्पोट नेगेटिभ आएको छ । कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको जानकारी अनुसार हेटौँडामा किट सकिएपछि भरतपुर पठाईएको हेटौँडा अस्पतालका ५४ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको हो । यो सँगै अस्पतालको ६६ जना डाक्टर तथा पारामेडिक्सहरुको रिर्पोट नेगेटिभ आएको हो ।
एक हप्ता पहिले हेटौँडा अस्पतालबाट रिफर गरिएकी विरामीमा काठमाण्डौँमा कोरोना संक्रमण देखिएपछि हेटौँडा अस्पतालका सबै कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । हिजो मात्र त्यहाको १२ जना स्वास्थ्यकर्मीको पनि रिर्पोट नेगेटिभ आएको थियो ।





Write your Comment