सरकारले भारतबाट नेपाल आउने आधिकारिक नाका तोक्यो

रातोघर

 २०७७ जेष्ठ १६, शुक्रबार  मा प्रकाशित
३१२ पाठक संख्या


काठमाडौं ।

सरकारले भारतबाट नेपाल फर्काउन १८ भन्दा बढी नाका तोकेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकाहरूलाई आधिकारिक रूपमा तोकेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकेको छ । यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरू तोकेको छ । मन्त्रिपरिषद बैठकले यसअघि नै विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ ।

सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिलाई फर्काउने निर्णय गरेको हो ।

-Shilapatra

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban