भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने

रातोघर

 २०७७ जेष्ठ १७, शनिबार  मा प्रकाशित
२५४ पाठक संख्या


काठमाडौं।
भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ ।
यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएसँगै संविधान संशोधन विधेयक सम्भावित कार्यसूचीमा समावेश गरिएको हो ।
शनिबार कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो ।
यसअघि प्रतिपक्षी दल कांग्रेसले समय मागेकाले अन्तिम समयमा कार्यसूचीबाट हटाइएको बताइएको थियो ।
सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ ।
लिम्पियाधुरा, कालापानी लिपुलेकलाई सरकारले जारी गरेको नक्सामा समावेश गरेपछिको नक्सा कार्यान्वयनमा लैजान संविधानको अनुसूची ३ मा संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban