कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

रातोघर

 २०७७ अषाढ १७, बुधबार  मा प्रकाशित
२९९ पाठक संख्या


काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ।

उनको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। उनको अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भुषालले जानकारी दिइन्।

छन्त्याल मुटुमा समस्या देखिएपछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा सहभागी हुन सकेकी थिइनन्। उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो।

छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन्। छन्त्यालको निधन भएपछि कांग्रेसको आजका लागि तय भएको केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित भएको भुषालले जानकारी दिइन्। उनको निधनप्रति पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइरालालगायतले दुख ब्यक्त गरेका छन्।

श्रोत: देश दैनिक

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban