

नेकपालाई विभाजनबाट जोगाउन दबाब दिन केन्द्रीय कार्यालयमा तीन घण्टा धर्ना
नेकपा शीर्षनेताहरुलाई आपसमा मेलमिलाप कायम गरी पार्टीलाई विभाजनबाट जोगाउन दबाब दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा तीन घण्टा धर्नामा बसेका छन् ।
केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजनमा भएको उक्त धर्नामा डेढ दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी थिए । बढी पार्टी एकताको पक्षमा दबाब दिन शुक्रबार दिउँसो १ बजेदेखि चार बजेसम्म पार्टी कार्यालयमा धर्नामा बसेको केन्द्रीय सदस्य गैरेले बताए ।
‘यी कुनै योजनाबद्ध कार्यक्रम होइन, पार्टी कार्यालय गएर एकताका पक्षमा केही दबाबमूलक कार्यक्रम गरौँ भनेर कार्यकर्ताको भावनालाई शीर्षनेताले बुझुन् भनेर गरिएको सांकेतिक कार्यक्रम मात्र हो’, उनले भने, ‘नेताले यो भावना बुझेर अघि बढ्नु जरुरी छ ।
धर्नामा गैरेसहित केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने लगायत अनेरास्ववियूका पूर्व नेता\नेतृहरु सहभागी थिए ।
Break n Links





Write your Comment