

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यालयमा भर्ना खोल्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले पठनपाठन भने सुरु नहुने जानकारी दिए ।
सरकारले यसअघि हुन नसकेका परीक्षा सञ्चालनको लागि बाटो खोलिदिएको छ । भदौ १ गतेबाट हवाइ उडाउन सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेल प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ भने लामा दुरीका यातायात पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।





Write your Comment