सचिवको सरुवा (को कहाँ सूचीसहित)

रातोघर

 २०७७ श्रावण ६, मंगलबार  मा प्रकाशित
५१० पाठक संख्या


 

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत केहि सचिवहरुको सरुवा गरेको छ भने केहिलाई पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा र पदस्थापन गरेको हो ।

सचिव सरुवा को कहा ?

हरिप्रसाद बस्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । जो यसअघि गण्डकी प्रदेशका प्रमुख सचिव थिए । तोयम राय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् उनी बागमती प्रदेशका प्रमुख सचिव थिए र त्यस्तै रामप्रसाद थपलिया–युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालय पुगेका छन् ।

विष्णु प्रसाद नेपाल गण्डकी प्रदेशमा प्रमुख सचिव पदस्थापना भएका छन् भने मान बहादुर विक वाग्मती प्रदेशमा प्रमुख सचिवमा पदस्थापना भएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban