सशस्त्र र तस्करबीचको झडपमा गोली लागेका घाइतेको मृत्यु

रातोघर

 २०७७ श्रावण ८, बिहिबार  मा प्रकाशित
३८८ पाठक संख्या


 

सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कि नजिकैको नेपाल–भारत सीमा क्षेत्र दशगजामा सशस्त्र प्रहरी र तस्करबीचको झडपमा गोली लागेर घाइते भएका एक युवाको बिहीबार मृत्यु भएको छ ।

यही साउन २ गते राति भएको घट्नामा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय २१ वर्षीय युवा साहबाज मियाँ घाइते भएका थिए । प्रहरीका अनुसार तस्करीमा संलग्न मियाँलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि नै आक्रमण भएको थियो ।

घट्नामा सशस्त्र प्रहरीको हतियार खोसा खोस गर्ने क्रममा पड्किदा मियाको पेटमा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरेर आइसीयु कक्षमा उपचार हुँदै थियो ।

सो घट्नामा तस्करहरुको आक्रमणमा एकजना शसस्त्र प्रहरी पनि घाइते भएका थिए । सीमा क्षेत्रमा भारतबाट ल्याएको सामान नियन्त्रण गर्ने क्रममा करीब नौ जनाको समूहमा आएका तस्करहरु र गस्तीमा निस्केका सशस्त्र प्रहरीबीच झडप भएको थियो ।

यस्तै, मृतक मियाको परिवारले क्षतिपूर्ती दिनुपर्ने, परिवारका लागि भरणपोषण गर्नर्ुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलन गरेपछि जिल्ला प्रशासन सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेलले घट्नाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्ने सहमति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मृतकको परिवारलाई सरकारबाट क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिलाउन पहल गर्ने र दोषीलाई कारबाही गर्न छानबिन गर्ने, घुस्कीमा भन्सार कार्यालय स्थापना गर्ने सहमति भएको छ ।’

Radiokantipur.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban