इतिहाँसकै महंगो भयो नेपाली बजारमा सुन, सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम

रातोघर

 २०७७ श्रावण ९, शुक्रबार  मा प्रकाशित
४४६ पाठक संख्या


काठमाडौँ । सुन साताको अन्तिम दिन आज पनि ह्वात्तै बढेको छ । शुक्रबार तोलामा १३ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको छ । महासंघकाअनुसार आजको मूल्य नेपालकै इतिहाँसकै महंगो भएको हो ।

बिहिबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ भएको र उक्त मूल्य पनि हिजोसम्मको सर्वाधिक थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य रु ९५ हजार ३ सय ६५ तोकिएको छ । त्यस्तै चाँदी पनि अहिलेसम्मकै महंगो बन्दै ११ सय ५० मा कारोबार भइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban