

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा वडा नं १७ हटीयास्थित ठूलोगंगटेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडाबाट रड बोकेर पूर्वी मकवानपुरको फापरबारी तर्फ जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्याक्टरमा सवार बागमती गाउँपालिकाका २ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा बागमती–६ का ५५ वर्षीय शंकर लोप्चार र वडा नं ८ का १७ वर्षीय सुजल नेगी रहेको प्रहरीले जानकारी दियो । ट्याक्टरमा सवार मनोज जिम्बा भने घाइते भएको जनाइएको छ । घाइते जिम्बाको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।
ट्याक्टर चालक भने फरार रहेको प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।





Write your Comment