२४ घण्टामा थपिए २ सय ७४ कोरोना संक्रमित

रातोघर

 २०७७ श्रावण १५, बिहिबार  मा प्रकाशित
३०३ पाठक संख्या


काठमाडौं : नेपालमा बिहिबार २ सय ७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो सगैँ देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ। यस्तै, बुधबार २ सय २७ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban