

बारा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका एक कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायब सुब्बा सनोज महतो छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट गएको टोलीले नासु महतोलाई १० हजार घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारका अनुसार मुद्दा पेशी चढाउन भन्दै नासु महतोले सेवाग्राहीसंग घुस लिएको लिएका थिए ।
पक्राउ पश्चात कानूनी प्रक्रिया पुर्याएर सुब्बा महतोलाई अख्तियारको टोलीले आफ्नो कार्यालय लगिएको छ । सुब्बा महतो मुद्दा शाखा प्रमुख हुन् ।





Write your Comment