वडा कार्यालय आगजनी घट्नामा संलग्न ३ जना सार्बजनिक

रातोघर

 १६ श्रावण २०७६, बिहीबार १७:१३  मा प्रकाशित

रौतहट ।

वडा कार्यालय आगजनि गरेको अभियोगमा प्रहरीले ३ जना पक्राउ गरि सार्बजनिक गरेको छ । विहिबार रौतहटको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरी घटनामा संलग्न ३ जनालाई सार्बजनिक गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ टेकान टोल बस्ने ३० बर्षिय रेहान तामाङ भन्ने राम बहादुर घिसिङ छन् । प्रहरीले उनको साथ बाट श्यामसुङ मोवाईल एक थान, उनले प्रयोग गर्ने ना.३६ प २८१३ नम्बरको होण्डा साईन मोटरसाईकल १ थान, अटोमेटिक चाईनिज पेस्तल एक थान, ऐको लाईभ राउण्ड ८ थान,कटुवा पेस्तोल एक थान बरामद गरेको छ ।
चन्द्रपुर ४ बस्ने ३५ बर्षिय मान बहादुर वाइवा को साथबाट नोकिया मोबाईल एक थान बरामद गरेको छ ।

त्यस्तै चन्द्रपुर वडा नम्बर ३ गैडाटार बस्ने ५५ बर्षिय रेवप्रसाद मैनालीको साथबाट दुई थान मोवाईल, उनको घरबाट लाईभ राउण्ड एक थान र तामाको पाईपको टुक्रा दुई थान सहित ३ जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरका प्रमुख डिएसपी कवित बटुवालले बताए । उनले गत मंगलबार साउन १४ गते राति करिब १२ः४० बजेको समयमा विप्लव समुहको बन्द घोषित संगै चन्द्रपुर वडा नम्बर ३ को वडा कार्यालयमा आगजनी गरेको अपराधमा उनीहर पक्राउ परेको बताए ।

पक्राउ परेका ३ जना विप्लव समुहमा लामो समय सम्म आबद्ध रही यस अघि पनि चन्द्रपुर नगरपालिका ३ गैडाटारमा रहेको एन्सेल मोबाईलको टाबरमा आगजनी गरेको र बैशाख ५ गते नेपाल बन्दको समयमा पुर्व पश्चिम राजमार्गको धन्सर जंगलमा रुख ढाली पाच सवारी साधनमा क्षेति पु¥याएको अनसन्धानले देखाएको प्रमुख कटबाले जानकारी दिए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले पक्राउ परेका उपर अपराधिक प्रवेश तथा उपद्रो वा हातहतियार तथा खरखजाना मुद्दा लगाई अनुसन्धान अघी बढाउने बताए ।

Write your Comment




saturday2