दाइजो कम ल्याएको भन्दै श्रीमती हत्या गरेर भागेका साह पक्राउ

रातोघर

 २० श्रावण २०७६, सोमबार १५:२२  मा प्रकाशित

रौतहट ।

आफनै जिवन संगिनी हत्या गरी लामो समय देखी फरार रहेका श्रीमानलाइ रौतहट प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्लाको राजपुर नगरपालिका वडा नं. १ बस्ने २५ बर्षिय सन्तोष साह सोनारलाइ श्रीमती लालमुनी देवीको हत्या गरेको आरोपमा प्रहरीले शनिबार मोरंङको बेलबारीबाट पक्राउ गरेको हो । दाईजो रकम कम ल्याएको भन्दै श्रीमान् सन्तोष साह सोनार, ससुरा राजेन्द्र साह सोनार र सासु प्रमिला देवीले घाँटी थिची हत्या गरेको माईती पक्षको आरोप छ ।

२०७३ साल पौष १३ गते बेलुका श्रीमान ,ससुरा र सासु मिलेर घाँटी थिची हत्या गरेको तर उनीहरुले घटनालाई आत्महत्या बनाउनका लागी बुहारी लालमुनी देवी सुत्ने कोठाको पंखामा साडीको पासो लगाई नाटक गरेको भन्दै माईती पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

आत्महत्या गरी लालमुनी गम्भिर घाईते भएको भन्दै गाँउलेलाई खबर नगरी उपचारका लागी बिरंगज तर्फ लैजानुले घटनामा रहस्यमय रहेको भन्दै माइती पक्षका भारत बिहार जटौलिया वडा नं. १२ बस्ने ५० बर्षका किशोरी साहले प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा ससुरा राजेन्द्र साह सोनार पक्राउ परे पनि अन्य २ जना फरार रहेकोमा श्रीमान सन्तोषलाई प्रहरीले शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौटतहले जनाएको छ ।

मोरङको बेलवारीमा लुकेर बसेको अवस्थामा प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । अभियुक्त साहलाइ कार्वाहीको लागी जिल्ला अदालत रौतहटमा वुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ

rajdhanidaily.com

Write your Comment




saturday2