पथलैयाको शिव मन्दिरमा पनि लाग्न थाल्यो भव्य मेला

रातोघर

 २१ श्रावण २०७६, मंगलवार १६:३३  मा प्रकाशित

बर्दिबास।

महोत्तरीको बर्दिबास ९ पथलैयास्थित शिव मन्दिरमा पनि हरेक सोमवारका दिन भव्य मेला लाग्न थालेका छ ।

स्थानीय र बाटोमा हिड्ने सवारीबाट चन्दा सङ्कलन गरि निर्माण गरेको यस मन्दिरमा पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने स्थानीयको जनविश्वास रहेको छ ।यहाँ सोमवार सांस्कृतिक कार्यक्रम समेत हुन्छन् ।सांस्कृतिक कार्यक्रम हेर्न स्थानीयहरुको भिड समेत लाग्ने गरेको छ ।

पशुपतिनगर छेउछाउ गाउँका ठूलो संख्यामा सोमबारे ब्रत गर्ने महिलाहरुको मन्दिरमा पूजापाठ गर्न घुइचो लाग्ने गरेका छन् । मन्दिरमा निर्माण गरिएको भगवान शिवको प्रतिमा र नन्दीको प्रतिमा आकर्षण बनेको छ ।

मन्दिरमा टाढा टाढाबाट जल भरेर ल्याइ चढाउने गरिएको छ । गत सोमवार धेरै स्थानीयहरुले सिरहाको बन्दिरपुरमा पर्ने उत्तराहिनीबाट चल ल्याएर चढाएको छ । स्थानीयले चन्दा सङ्कलन गरेर मेलाको आकर्षण बढाउनको लागि बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको स्थानीय युवा दिपक मगरले बताए ।

बिगत तीन वर्ष देखि लाग्न थालेको उक्त मेलाको आकर्षण बढ्दै गएको स्थानीय राम सोगारथ महतोले बताए । मन्दिर निर्माणमा कसैले सहयोग नगरेपनि हामी स्थानीयले गाउँ-घरमा हराउदै गएको मठ मन्दिर र सांस्कृतिक कार्यक्रम जोगाउन कुनै कसर नछोड्ने महतोले बताए

Write your Comment